नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौँ, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।

जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।

जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार राजधानीसँग भन्यो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्