सांसद पहारीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधिन योजनाहरुको अनुगमन

पोखरा, २८ जेठ । नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भइरहेका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

प्रदेश सरकारमा सत्ता स्वार्थ तथा कुुर्सीको लडाई भइरहेको समयमा सांसद पहारीलाई भने विकासका आयोजनाहरुको निर्धारित समयमा गुणस्तर तरिकाले सम्पन्न गराउने मुख्य ध्येय रहेको छ । आफु कुनै पद र प्रतिष्ठाको लागि भन्दा पनि जनताको सेवामा समर्पित हुने नेतृत्व कर्ता रहेको उल्लेख गर्दै उहाँले आफ्नो जीवनकालमा सामाजिक क्षेत्रमा सहयोग गर्दै समृद्ध प्रदेश सुखी जनताको सपनालाई साकार पार्दै मुलुकको रुपमान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ ।

यसै क्रममा सांसद पहारीले आज आफ्नो निर्वाचन क्षेत्र बैदामबाट भञ्ज्याङ् पन्चासे र राम्जे, तिरार,पर्बत यि दुई सडकको टान्जिट पोइन्ट पामे, जुन पामे खोलाका समस्याका कारण यातायात र मानिसहरु आवात जावात गर्न निकै कष्टकर हुन्थ्यो । पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएका कारण मान्छेको आवात जावात धेरै हुनु स्वभाबिक नै हो । बर्खाको समयमा खोला बढेको कारण खोला तर्ने क्रममा बाहिक, गाडी धेरै बिग्रेका हुन्थ्य धेरै समस्या थियो र सांसद पहारीलाई यो खोलाको समस्याका कारण धेरै फोन आउथियो र जनताले यस खोलाले दिएको पिडाहरु भन्नुहुन्थ्यो । उक्त जनताको समस्यालाई मध्यनजर गर्दै पामे खोलाको पुलको निम्ति सांसद पहारीलको पहलमा अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार बाट ५ करोड ३० लाख बजेट विनियोजन गर्न लगाउनु भएको थियो ।

उक्त पुलको काम नयाँ बाटो भदौरे जिएसआर जेभिएस भन्ने कम्पनीले काम गरिरहेको छ । र त्यस्तै र्को खहरे खोला पुल पनि यस २३ वडाको सबै भन्दा समस्यको रुपमा रहेको थियो । बर्खाको समयमा मानिसहरु बिरामी भए पनि आवात जावात गर्न सकिने अबस्था थिएन । वारीका मान्छे वारी पारीका मान्छे पारी नै हुने अवस्था थियो । उक्त पुल पनि सम्पन्न हुने अन्तिम चरणमा छ । यस पुलमा ६ करोड ७६ लाख बिनियोजन भइ निलगिरी नेशन टिभी कम्पनीले काम गरेको छ ।

अनुगमनमा सांसद पहारीले बर्खा अगाडी नै पुलबाट सवारी साधन हिड्ने खालको पुल निर्माण गरि सक्नुहोस भनेर निर्माण ब्यबसायीलाइ निर्देश गर्नुभयो । उक्त अनुगमनमा पुर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरे, वडा न २३ का वडा अध्यक्ष बिष्णु पराजुली, वडा न २४ का जनप्रतिनिधि अग्निधर त्रिपाठी राजनीतिक दलका प्रतिनिधि समाजसेवि ब्यक्ति सहित उक्त पुलहरुको अनुगमन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत