पूर्वमन्त्री बस्नेतद्वारा स्वर्गिय लम्सालको परिवारलाई राहत रकम प्रदान

भक्तपुर, २८ जेठ । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ वडा कमिटीले स्वर्गिय नरहरी लम्सालको परिवारलाई राहत रकम प्रदान गरेको छ । गत पाँच दिन अगाडि अस्वस्थ भइ अस्पताल भर्ना हुनु भएका लम्सालको गत आइतवार निधन भएको थियो ।

नेकपा एमालेको संगठन विस्तारसँगै धर्म र संस्कृतिको जर्गेना गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएका लम्सालप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै वडा कमिटिले उहाँका परिवारलाई नगद एक लाख ३७ हजार ५०० रुपियाँ राहत रकम प्रदान गरेको हो । वडा कमिटिले स्वर्गिय लम्मसालको निवासमा श्रद्धाञ्जलि सभा गर्दै पूर्व मन्त्री महेश बस्नेतले लम्सालको परिवारलाई नगद रकम हस्तान्तरण गर्नुभयो ।

श्रद्धाञ्जली सभामा पूर्व मन्त्री बस्नेत सहित, जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ का संगठित सदस्य लगायत शुभेच्छुक विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत