माधव समूहलाई लाग्यो कडा झट्का

काठमाडौँ, २७ जेठ । नेकपा एमालेको माधव नेपाल पक्षलाई कडा झट्का लागेको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।

अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।

योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती