सिद्धबाबा डाँडो काटिँदैन, चुरेको विषयमा राजनीति भयो : मन्त्री पौडेल

काठमाडौँ, २६ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने स्पष्टीकरण दिनुभएको छ ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजानुपर्छ भनेर प्रस्ताव आएको स्वीकार गर्नुभयो । सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै सिद्धबाबा उत्खननसम्बन्धी खबरमा सत्यता नभएको बताउनुभयो । सिद्धबाबामा पहिरोका कारण वर्षेनी दर्जनौं मानिसले ज्यान गुमाएको स्मरण गर्दै मन्त्री पौडेलले पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको दावी गर्नुभयोे ।

उहाँले भन्नुभयो, ‘डाँडा सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने म हुँ, मेरै प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर प्रचार गरिएको छ । बजेटको प्रबन्ध पनि गरेर मुलुककै आधुनिक सुरुङमार्गको यो दोस्रो आयोजना बन्दैछ ।’ विपक्षीहरुले चुरेको सहारा लिएर राजनीति गरेको आरोप लगाउँदै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘राजनीति गर्ने धेरै विषय छन्, चुरेको सहारा नलिनुहोस्, चुरे संरक्षणको महत्व मलाई राम्रोसँग थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा