मन्त्रीद्वय तामाङ र मियाँ राष्ट्रिय युवा संघ कार्यालयमाः युवाको भूमिका बारे प्रशंसा

काठमाडौँ, २५ जेठ । नवयनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र युवा तथा खेलकुदमन्त्री एकलाल मियाँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघको कार्यालयमा आउनुभएको छ ।

वर्तमान अवस्थामा युवाहरुको भूमिका र आगामी दिनमा युवाले खेल्नुपर्ने भूमिकोको बारेमा विस्तृत छलफलको लागि मन्त्रीद्वय संघको कार्यालयमा आफै उपस्थित भई विगतको समिक्षा गर्दै वर्तमान र भविष्यको बारेमा गंभिर रुपमा योजना बनाई अगाडी बढ्ने विषयमा छलफल भएको संघका उपाध्यक्ष, प्रचार विभाग प्रमुख तथा प्रवक्ता असोक चौलागाईले जानकारी दिनुभयो ।

मुलुक र जनताको समस्यालाई अहिले पनि आफ्नो समस्याको रुपमा लिई सवैभन्दा अग्रभागमा रही जनताको सेवामा खटिने संगठनको रुपमा युवा संघ रहेको उल्लेख गर्दै मन्त्री द्वय तामाङ र मियाँले कार्यकर्ता मन्त्रालयमा गई भेट्ने नभई कार्यकर्तालाई मन्त्रीले भेट्ने परम्पराको स्थापना गर्ने प्रयास गर्नुभएको छ ।

संघको पूर्व उपाध्यक्ष समेत रहनुभका मन्त्री तामाङले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि युवाहरुले मुलुकभर खेलेको भूमिकाको बारेमा उच्च प्रशंसा गर्नुभयो । छलफलका क्रममा मन्त्री तामाङले सरकारको मूख्य लक्ष्य कोरोना रोकथाम तथा नियन्त्रण रहेको उल्लेख गर्दै अबका दिनमा सरकारले कोरोना नियन्त्रण गर्न तम, मन, धन सवैको प्रयाग गरी चाँडै कोरोनालाई परास्त गर्ने रणनीतिका साथ अगाडी बढ्ने बताउनुभयो ।

सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री तामाङले खोप ल्याउने क्रम जारी रहेको बताउनुभयो । उहाँले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने उल्लेख गर्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताउनुभयो । आगामी तीन महिनाभित्रमा आम नेपालीलाई कोरोना विरुद्धको खोप लगाईसक्ने महत्वपूर्ण संकल्प लिएको जानकारी गराउँदै मन्त्री तामाङले कोरोना रोकथाम तथा खोपको उचित प्रयोगको लागि युवा संघले नेतृत्व गरी स्वयंम सेवकीय काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विभिन्न मुलुकबाट खोप तथा स्वास्थ्य सामाग्रीहरु तिव्र गतिका साथ उपलब्ध गराइरहेको जानकारी गराउँदै मन्त्री तामाङले कोरोनाको नियन्त्रणको लागि आवश्यक कदमको साथसाथै आगामी निर्वाचनको लागि समेत संगठित तथा व्यवस्थित रुपमा खट्नको लागि निर्देशन दिनुभयो ।

त्यस्तै खेलकुदमन्त्री मियाँले युवाहरु भनेको नै मुलुक निर्माण तथा परिवर्तनको मेरुदण्ड भएको उल्लेख गर्दै जनताको ढुकढुकीको रुपमा युवा संगठनहरु रहेको बताउनुभयो । मुलुकको भाग्य र भविष्यको मार्गनिर्देश गर्ने शक्ति नै युवा भएकाले युवाहरुको साथ र सहयोगको लागि आवश्यक जस्तोसुकै कदम चाल्न सरकार तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

मन्त्रीद्वय तामाङ र मियाँलाई कार्यालयमा स्वागत गर्दै संघका अध्यक्ष किरण पौडेलले सरकारले निर्देशन दिएको खण्डमा कोरोना नियान्त्रण तथा रोकथाम मात्र नभई मुलुकको विकास र समृद्धिको महत्वपूर्ण जिममेवारी संहाल्न समेत तयार रहेको बताउनुभयो । उहाँले युवाहरुलाई कोरोना नियन्त्रणको लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका सम्पूर्ण कमिटीहरुलाई व्यवस्थित गरी प्रभावकारी तवरले परिचालन गर्नेमा विश्वस्त रहनु आग्रह गर्नुभयो । उहाँले देशभरका युवालाई कोरोना नियन्त्रणको लागि स्वयम सेवकको रुपमा परिचालन गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा संघका निर्वातमान अध्यक्ष बचन बहादुर सिंह, उपाध्यक्ष क्षितीज थेवे, संजिव झा, असोक चौलागाई, महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटालगायतका संघका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत