चुरेबाट एक डोको पनि गिट्टी–बालुवा उठाउँदैनौं : मन्त्री पौडेल

काठमाडौँ, २४ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरेका विषयमा दुश्प्रचार गरिएको बताउँदै चुरे क्षेत्रबाट एक डोको पनि गिट्टी बालुवा नउठाउने बताउनुभयो ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री पौडेलले चुरे दोहनका पुराना ‘क्ल्प्सि’ ९भिडियो० हरु ल्याएर अनावश्यक दुश्प्रचार भइरहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको आरोप लगाउनुभयो । चुरे संरक्षणमा सरकार प्रतिवद्ध भएको भन्दै चुरेबाट एक डोको गिटी बालुवा पनि नउठाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ ।’

कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उहाँले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताउनुभयो । स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका भन्दै उहाँले यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको दावी गर्नुभयो । सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उहाँले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पु¥याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा