देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

सोमबार दिउँसो सवा ११ बजे नेता नेपाललाई उहाँकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उहाँ निकट स्रोतले जनाएको छ । उहाँले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन