इजरायलमा बालबालिकालाई कोभिड विरूद्धको खोप दिन सुरू

एजेन्सी, २४ जेठ । इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । 

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो ।  इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत