कोभिड १९ माहामारीपछि भारतमा स्टील तथा सिमेन्ट उद्योगमा सुधार

नयाँ दिल्ली, २४ जेठ । भारतमा गत बर्ष कोभिड १९ माहामारीले प्रभाव परेका स्टील तथा सिमेन्ट व्यावसायहरुको पुनरुत्थान भईरहेको छ ।

भारतमा स्टील तथा सिमेन्ट व्यावसाय लयमा फर्कीरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको छ । स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदर बारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्याबसाय दोस्रो चार महिनामा भने सुधार भएको बताईएको छ ।

स्टील तथा सिमेन्ट उद्योगको आगामी आर्थिक बर्षमा थप १३ प्रतिशतले यो दशककै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको छ । स्रोत टेलिग्राफ ईन्डीया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती