षड्यन्त्र धेरै दिन टिक्न सकेन, सत्यको जित भयोः सांसद पहारी

पोखरा, २३ जेठ । नेकपा एमाले नेता, राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले माओवादी, कांग्रेस तथा जनमोर्चाको षड्यन्त्र टिक्न नसकेको बताउनुभएको छ ।

सांसद थापाले एमालेका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको समर्थनमा रहनुभएकाले माओवादी, कांग्रेसको योजनामा जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई कारवाही गरी सांसद पदबाट निलम्बन गरेको थियो । जनमोर्चाले आफ्नो पार्टीको ह्वीप नमानेको भन्दै सांसद थापालाई निलम्बन गरेको थियो । जसमा प्रदेश सभाले तत्कालै हटाएको सूचना जारी गरेको थियो । तर सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।

सोही प्रशंगमा सांसद पहारीले सत्यको जित भएको उल्लेख गर्दै षड्यन्त्रकारीहरुको योजनालाई अन्तिम समयमा भए पनि सत्यताको शक्तिकै जित भएको बताउनुभयो । सर्वोच्च अदालतले न्यायको अनुभुत गराउँदै षड्यन्त्रकारीको योजना पानीको फोका झैं फुटाइदिएको प्रतिक्रिया दिनुभयो । सर्वोच्चले सांसद थापालाई पुर्नवहाली गरेसँगै आगामी दिनमा प्रदेशसभाले नयाँ ढंगले सोचेर अगाडी बढ्नुपर्ने दिन आएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अन्तिममा शक्तिकै जित । षडयन्त्रका तानाबुना बुनेर योजनाबद्ध हिसाबले सांसद पदबाट कथित निलम्बन गरिएको थियो । सर्वोच्चको फैसालाले पुनर्वहाली गरे सँगै सत्यको जित भएको छ । राष्ट्रिय जनमोर्चाले आफ्नै पार्टीको जनप्रतिनिधिलाई हटाउने सवालमा स्वयम् पार्टीको अनैतिक, अराजक र अनुशासनविहिन क्रियाकलाप लामो समय टिक्न नसक्ने दिउँसोको घाम जस्तै छर्लङ्ग भएको छ । अब नयाँ ढङ्गले सोच्ने बेला आयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्