आफ्ना नागरिक तथा संस्थानमाथि प्रतिबन्ध गर्ने चीनप्रति बेलायती प्रधानमन्त्री आक्रोसित

लण्डन, २३ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्ना नौ जना नागरिक र चार संस्थानहरुमाथि चीनले प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।

चीनमा अल्पसंख्यक उईघुर समुदायको पक्षमा आवाज उठाएको बाहानामा चीनले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको भन्दै बेलायती प्रधानमन्त्री जोनसोनले आपत्ति जनाएका हुन् । चीनमा अल्पसंख्यक उईघुरहरुको हक अधिकारको पक्षमा बोल्नु आधारभुत बिषय भएको प्रधानमन्त्री जोनसोनले बताए ।

जोनसोनले ट्विइट गर्दै चीनमा उईघुर जाति बिरुद्ध दमन भइरहेको र यही बिषयमा आवाज उठाएको बाहानामा आफ्ना नागरिक तथा केही सांसदमाथि चीनले प्रतिबन्ध लगाएको बताएका हुन् । मानव अधिकार हनन गर्ने बिरुद्ध आवाज उठाउनु आधारभुत अधिकार भएको र यसको पक्षमा आफु अडिग रहेको प्रधानमन्त्री जोनसोनले ट्विइट गरे ।

चीनले मानवअधिकार उल्लंघन गरेको भन्दै यूरोपेली संघ तथा बेलायतले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध गर्ने निर्णय गरे लगक्तै चीनले नौ जना बेलायती नागरिक तथा चार संस्थानहरुलाई प्रतिबन्धको घोषण गरेको हो । स्रोत स् जस्ट अर्थ न्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा