मन्त्री महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका माधव समूहका ११ जना विद्यार्थी नेता पक्राउ

काठमाडौँ, २२ जेठ । राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका नेकपा (एमाले)को झलनाथ खनाल-माधवकुमार नेपालपक्षका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ परेको छ ।

महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताउनुभएको थियो । उहा दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टर भट्टराईले आपत्ति जनाउनुभएको हो । उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्तलगत्तै दिएको अभिव्यक्तिको विरोधमा उत्रिएका माधव समूहको अनेरास्ववियुका अध्यक्ष र महासचिव सहित ११ जना विद्यार्थी नेतालाई प्रहरीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो । अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैबीच झलनाथ खनाल( माधवकुमार नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा