माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ, २२ जेठ । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज बस्दै छ ।

केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग आज छलफल गर्दैछन् । यसैक्रममा आज बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्न लागिएको हो ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा