ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट बन्द

एजेन्सी, २२ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ ।

फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढवा दिएको जनाएको छ ।

फेसबुकले अब नेताहरुको पोस्टलाई कुनै पनि सुरक्षा नदिइने बताएको छ ।  फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउनु हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण