चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ जेठ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको जानकारी दिनुभयो । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ ।

मन्त्री गुरुङले भन्नुभयो, ‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले