दल नेता शाहलाई अध्यक्ष ओलीद्वारा ४८ घण्टे स्पष्टीकरण माग

धनगढी, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको छ ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोध्नुभएको हो । ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार मन्त्री र तीन राज्यमन्त्री बनेका छन् । मन्त्री दल नेता शाह दोहोरिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा