जघन्य घटनाका अपराधीलाई कारबाही गर्न सरकारले सम्झौता गर्दैन: प्रम ओली

काठमाडौँ, २१ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने पनि बताउनुभयो । सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने संकल्प पूरा गर्नका निम्ति भेदभावरहीत सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने संकल्प पूरा गर्नका निम्ति भेदभावरहीत सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

उहाँले भन्नुभएको छ, “मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र, ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन । जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । त्यसैले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन