वरिष्ठतम न्यायाधीशकै बन्यो नागरिकता अध्यादेशविरुद्धको रिटका लागि संवैधानिक इजलास

काठमाडौँ, २१ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नागरिकता अध्यादेशविरुद्धका रिटमा वरिष्ठतम न्यायायधीबाटै संवैधानिक इजलास बनाउनुभएको छ ।

प्रधानन्यायाधीशकै नेतृत्वमा हुने संवैधानिक इजलासमा राणसहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । खतिवडाभन्दा वरीयताक्रममा अगाडि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले खतिवडा संवैधानिक इजलासमा पर्नुभएको हो ।

नागरिकता विधेयक संसद्मा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेका नागरिकता अध्यादेशविरुद्धका रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी र अधिवक्ता वीरभद्र जोसीसहितले तथा मौलिक जरोकिलो पार्टीका तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलसहितले नागरिकता अध्यादेशविरुद्ध रिट दायर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती