एजेन्सी, २१ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएका छन् ।
आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।”
अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पतीको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।