पार्टी र सरकारविरुद्ध ‘आई लाग्नेलाई अरिङ्गाल झैं जाई लाग्न’ उपाध्यक्ष झाको निर्देशन

काठमाडौँ, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजिव कुमार झाले पार्टी र सरकारको विरुद्धमा आई लाग्ने जोसुकै लाई अरिङ्गाल झैं जाई लाग्ने चेतावनी दिनुभएको छ ।

पार्टी र सरकारले गरेको राम्रो कामको समेत केही अराजक तत्वहरुले नकरात्मक प्रचार गरी जनतामा भ्रम छर्ने प्रयास गरेको भन्दै उहाँले आक्रोस जनाउँदै पार्टी र सरकारको विरुद्धमा आइलाग्नेलाई सकरात्मक तथा कानुनी तवर जाई लाग्न मातहतका कमिटीलाई निर्देशन समेत दिनुभएको छ । प्रदेश नं. २ का इन्चार्ज समेत रहनुभएका उपाध्यक्ष झाले सरकारले गरेका राम्रा कामलाई जनता जनताको माझमा पुर्याउन समाजिक सञ्जाल तथा सञ्चार माध्यमलाई यथार्थ जानकारी गराई प्रचार प्रसार गर्न समेत उहाँले युवा संघलाई निर्देशन दिनुभयो । त्यस्तै जहाँ समस्या, त्यहाँ युवा संघको पहिचानलाई अक्षरस पालना गर्दै कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि २४सैं घण्टा स्वयम् सेवकको रुपमा खट्न समेत युवा संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सम्मानिय प्रधानमन्त्री के.पी ओली, नेकपा (एमाले) र नेपाल सरकारविरुद्ध आई लाग्नेहरुलाई अरिङाल झै जाई लाग्न रास्ट्रिय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन गरिदै छ । साथै सरकारले गरेको देश हित र विकासको कामलाई तल तल जनतासम्म संचार माध्यम र समाजिक संजाल मार्फत प्रचार प्रसार गर्न निर्देशन गरिएको छ । साथै कोभिड बिरुद्द तपाईंहरुले फिल्डमा गरीरहेको सेबा मुलक कामहरुको लागि विशेष धन्यवाद दिन चाहन्छु । अभिबादन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब