ठमेल, सुन्धार, बसपार्कलगायतका होटल क्वारेन्टाइनको लागि योग्य छन्ः उपाध्यक्ष रिजाल

काठमाडौँ, २० जेठ । नेपाल पर्यटन वोर्डको उपाध्यक्ष चन्द्र रिजालले काठमाडौँ उपत्यकाको पर्यटकीय अकर्षणको रुपमा रहेका ठमेल, सुन्धारा, बसपार्कलगायतमा सञ्चालनमा रहेको होटलहरु कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रयोग गरिने क्वारेन्टाइनको लागि योग्य रहेको बताउनुभएको छ ।

कोरोना संक्रमण बढेका कारण संक्रमितलाई राख्ने ठाउँहरुको समस्या भइरहेको समयमा नेपाल सरकारले समेत होटलहरुलाई क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने नीति लिएको छ । जसमा सरकारले काठमाडौँ उपत्यकाका धेरै ठाउँका होटलहरुलाई क्वारेन्टाइनको लागि प्रयोग गर्ने समेत भएको छ । हाल पनि विदेशबाट नेपाल आउने व्यक्तिहरुलाई काठमाडौँका विभिन्न होटलहरुमा क्वारेन्टाइनको लागि प्रयोगमा ल्याइएको छ ।

सोही क्रममा उपाध्यक्ष रिजालले उपत्यकाका ठमेल, सुन्धार, बसपार्क लगायतका होटलहरु क्वारेन्टाइनको लिस्टमा छुट्न गएकोमा व्यवसायीहरुले असन्तुष्टि जनाइरहेको उल्लेख गर्दै क्वारेन्टाइनको छनौट गर्दा नातावाद कृपावादको प्रयोग नगरी समानुपातिक तथा आवश्यकतालाई मध्यनजर गर्दै गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘त्यसै हामीले लामो समयदेखी निर्णय र कार्यान्वयन एक द्वार प्रणाली लागू गरौं भनेको होईन ्र अहिले भर्खर सरकारले विदेशबाट आएका यात्रु क्वारेनटिन राख्ने सबन्धमा पर्यटन मन्त्रालयबाट लगेको विषय बस्तुलाई अन्य मन्त्रालयले तोड मोड गर्दा र विषय वस्तुलाई गहिरो ढंगले नबुझ्दा पर्यटकीय हब होटेल तथा ब्यवसायीक क्षेत्र ठमेल, सन्धारा, बसपार्क लगायतका क्षेत्रको होटेल क्वारेनटिनको लिस्टमा छुट्न गएकोले ब्यबसायीहरू असन्तुष्ट हुन पुगेका छन् । सरकारको निर्णय घनाबस्तीमा कवारेंटिन राखदा बस्तिमा कोबिड फैलन्छ भन्ने नै हो तर । नेपालमा कूनै पनी ब्यबसाय सरकारको नियम कानूनको पूर्ण पालना अनुसार संचालन भएको छैन । नाताबाद कृपाबाद भ्रष्टाचार, कमिशनतन्त्र, दंडहीनताका कारण यो भएको हो । काठमाडौँँ उपत्यकाका कुनै पनी ठाउँमा बस्ती बिनाको ठाउँमा होटेल छैन । बिना अनुसंधान पुरानो सोचका आधारमा काम गर्दा अर्थको अनर्थ हुन्छ । साथै लक्षित बर्गलाई न राहत पुग्छ, न त सोचे अनुसार काम हून्छ, नै उपलब्धि पनि सुन्य हून्छ । यस विषयमा आझ माननीय मन्त्रिज्यु र सचिबज्युसँग गम्भीर छलफल भयो । छलफल पश्चात ठमेल, सुन्धारा, नयाँ बसपार्क कलंकीको निश्चित क्षेत्र बस्ती उठीसकेको र ब्यवसायीक क्षेत्र बनेको हुँदा तुरुन्त होटेल कारेंटिनको लिस्ट सच्याउने प्रस्ताप मत्रीपरिषदमा लैजाने निर्णय भएको छ । धन्यबाद मंत्रीज्यु र सचिब ज्युलाई ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण