डब्ल्यूएचओले भन्यो, प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक छ

एजेन्सी, २० जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो  ।

युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्रस्त क्षेत्र गाजा संयुक्त राष्ट्रसङ्घ र रेड क्रस सोसाइटीका पदाधिकारीले निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती