अंध्यारो कोठामा बुनेका षड्यन्त्रका तानाबुनालाई छिचोल्दै जनमुखी बजेट: सांसद पहारी

पोखरा, १८ जेठ । नेकपा एमालेका युवा नेता, राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले महागठबन्धनका नाममा अँध्यारो कोठामा बुनेको षड्यन्त्रका तानाबुनाहरुलाई छिचोल्दै सरकारले जनमूखी बजेट ल्याएको दावी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री विष्णु पौडेलले सत्ता स्वार्थ तथा कुर्सीका लिप्तहरुको गठबन्धनलाई चिर्दै जनताको मुहारमा खुसी ल्याउने गरी बजेट प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले बजेट देशका हिमाल, पहाड, तराई, युवा वृद्धवृद्धालगायतले प्रस्तुत गर्नुभएको खुसीले दिउँसोको घाम जस्तै छर्लङ्ग पारेको बताउनुभयो । एमालेको सरकार असार साउनमा उर्लिएर मुल फुटेको जस्तो नभई जनताको प्यारो एकल पार्टी भएको उल्लेख गर्दै उहाँले एकल पार्टीको नेतृत्वको सरकारले बजेट ल्याउन पायो भने कस्तो ल्याउँदो रहेछ भन्ने संघीय सरकारले ल्याएको बजेटले प्रष्ट पारिसकेको स्पष्ट पार्नुभयो ।

प्रदेशसभामा प्रस्तुत गरिएको विनियोजन विधेयक २०७८/०८९ का सिद्धान्त र प्राथमिकताहरुका विषयमा आज आफ्नो धारणा राख्दै सांसद पहारीले संघीय सरकारले जस्तै विपक्षी गठबन्धनले प्रदेश सरकारमा समेत जस्तो सुकै अवरोधलाई कानुनी ढंगले समाधान गरी जनताको हितमा दृढताका साथ अगाडी बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यारो कुनामा बसेर बुनेका षड्यन्त्रका तानाबानाहरुलाई चिर्दै, छिचोल्दै प्रदेशका अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयक २०७८/०८९ का सिद्धान्त र प्राथमिकताहरुको विधेयक टेबुल गर्नुभएको छ । १२ पेजको सानो भएता पनि हरेक क्षेत्रलाई सुश्म तरिकाले विश्लेषण गरी निकालिएको छ । उक्त बजेट समुन्द्रलाई नै मन्तन गरिएर निकालिएको अमृत रस जस्तै छ । हरेक क्षेत्रको कोरोना संकटको समाधानका लागि गर्दै विकास निर्माणको कार्यलाई लक्षीत विन्दुमा पुर्याउने गरी आएको छ ।’

अभिमन्युलाई चक्रभ्युमा पारेजस्तै गरी स्वार्थ र कुर्सीको लडाई गर्नेहरुले सरकारलाई बजेट ल्याउन नदिन जतिसुकै महागठबन्धन भएपनि सवै स्वार्थहरुलाई पाना पाना जस्तै गरी चिर्दै जसरी संघिय सरकारले बजेट प्रस्तुत गर्यो त्यस्तै गरी गण्डकी प्रदेशले पनि सवै प्रकारका चुनौतिहरुलाई पन्छाउँदै जनताको पक्षमा आएको उहाँले दावी गर्नुभयो । कोरोनाको कहरबाट जनतालाई सुरक्षित पार्नेदेखी लिएर समृद्ध प्रदेश तथा सुखी जनता निर्माण गर्दै समाजवादको आधार तयार पार्ने गरी बजेट आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अभिमन्युलाई चक्रव्युमा पारे झै पार्ने प्रयत्न गर्दै सरकारलाई बजेट ल्याउन नदिन स्वार्थी अवसारवादीको जति महागठबन्धन भए पनि सबै षड्यन्त्रका तानाबुनाहरुलाई चिर्दै जसरी संघिय सरकारले लोकप्रिय बजेट ल्याएको छ । त्यसै गरि गण्डकी प्रदेश सरकारले पनि सबै खालको चुनौतीहरु, अँध्यारो कोठामा बुनेका षड्यन्त्रका तानाबुनाहरुलाई छिचोल्दै जनमुखी बजेट ल्याउने भएकोछ । त्यो बजेट ल्याउन नदिन खेलोमेलो जारी छ ।’

प्रदेश प्रमुख अमिक शेरचनलाई ल्याउँदा अग्रमन देख्ने र सोही प्रकृयाबाट सिता पौडेललाई ल्याउँदा प्रतिगमन देख्ने दैध चिरत्र देखाएको भन्दै आक्रोस जनाउँदै उहाँले नाच्न जान्दैन आगँन टेँढो भने जस्तै आफ्नो अवाञ्चित स्वार्थ पुरा नहुने भएपछि प्रदेश प्रमुख जस्तो सम्मानित पदलाई विवादीत बनाउने प्रयास गर्नु दुःखद् कुरा भएको बताउनुभयो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीको लागि प्रदेश सरकार परिवर्तनको खेल गरिएको उल्लेख गर्दै उक्त नाटकको सामना सरकारले गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा