कोरोना कहरका बिच पनि भक्तपुरमा निरन्तर विकास

भक्तपुर, १८ जेठ । विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण अधिकांश विकासका आयोजनामात्र नभई मानवीय जीवनयापनमा समेत कठिन भइरहेको समयमा पनि भक्तपुरमा भने विकास निर्माणका कामहरुले निरन्तरता पाइरहका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै आयोजना निर्माणलाई अगाडी बढाइरहेको छ । लामो समय देखि रहेका विभिन्न बाधा अड्चनहरुलाई छिचोल्दै पुरानो बाटो पेप्सीकोला, सानोठिमी, बाखाँ बजार हुँदै सल्लाघारी जाने सडक खण्डको निर्माण कार्यले तिव्रता पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद महेश बस्नेतले स्थानीयवासीको माग तथा गुनासोलाई सम्बोधन गरेपछि उक्त सडक विस्तारले निरन्तरता पाएको हो । निवर्तमान सांसद बस्नेतले आफु निर्वाचित भएपछि सवैभन्दा पहिलो पटक शिलान्यास गर्नुभएको उक्त सडक संघीय सरकारको रु ७१ करोडको लागितमा निर्माणाधिन उक्त सडक पेप्सीकोला पुलदेखि एसओएस स्कुलसम्मको खण्ड फुट्पात, ढल सहित २० मिटर चौडा विस्तार र कालोपत्रे भइरहेको छ । नेता बस्नेतको पहलमा स्थानीयवासीको मागलाई सम्बोधन गर्दै पुरानो वस्ती क्षेत्रमा वैकल्पीक सडकको व्यवस्था गरी अगाडी बढ्ने गरी स्थानीयवासीसँग केही समय अगाडी नै सहमति भइसकेको छ । जसले गर्दा पुरानो वस्तीका कुनै पनि घरहरुमा समस्या नआउने भएको छ ।

नेता बस्नेतले उक्त सडक निर्माणको कामको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै जनता, निर्माण कम्पनी, मजदुर वर्गको अवस्थालाई विशेष ध्यान दिई कामलाई निरन्तरता दिन सम्बन्धीत निर्माण कम्पनीका नेतृत्वहरुलाई आग्रह गर्नुभयो । संकटको समयमा भएको काम भनि गुणस्तरियता, स्थायीत्व तथा प्रभावकारीतामा कमी हुन नहुने भन्दै नेता बस्नेतले यो वा त्यो बहानामा आयोजना निर्माणमा कुनै समस्या उत्पन्न नगराउन सम्बन्धीत सवैलाई सचेत गराउनुभयो ।

बालकुमारीदेखी रानीकोट जाने सडक निर्माण पनि निरन्तर रुपमा भइरहेको छ । त्यस्तै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत सूनपा-७, गुण्डूमा निर्माण भैरहेको रणबम विश्रामस्थल, सूर्यविनायक नगर अस्पताल, कटुन्जे, ख्युटोल हुँदै सूर्यविनायक नगरपालिका वडा नं. ५ जाने सडक, काठमाडौँ वल्र्ड स्कुलदेखी गुण्डु चोकसम्म जाने सडक, गुण्डु चोकबाट वडा नं. ७ कार्यालय हुँदै तर्खाल जाने सडक, थिमी दधिकोट हुँदै तर्खाल जाने सडक, सिरुटार विरुवा जाने सडकलगायतका दर्जनौं आयोजनाहरु तिव्र गतिमा निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती