नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ, १८ जेठ । आज ४५ अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ ।

११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । आज दिनभर भएका ९८ हजार ६ सय ७ कारोबारबाट २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा रोकिएको छ ।

त्यस्तै आज विकास बैंक र फाइनान्स कम्पनीको समूहगत सबइन्डेक्स बढेको छ भने बाँकी सबइन्डेक्सहरु घटेका छन् । लुम्बिनी विकास बैंक, समिट माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी लगायतको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्