हिमालयले निःशुल्क भेरो सेल खोप ओसार्दै

काठमाडौँ, १८ जेठ । आÞफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्घत्ता अनुरुप कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्स्ले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गरेको छ । हिमालय एअरलाइन्सले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ । हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौँबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी आज विहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउनेछ ।

“कोभिड–१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एअरलाइन्स् तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।” निशुल्क कार्गो उडानवारे आफ्नो प्रतिक्रिया दि‘दै हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले भन्नुभयो ।

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ ।

“कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पु¥याएको यो सानो, तर महत्वपूर्ण योगदान हो । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ,” खोपको पहिलो खेप काठमाडौँ आइपुग्दा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।

यो महामारीको सुरु देखि नै हिमालय एअरलाइन्स् नेपाल सरकार र नेपाली जनतालाई सहयोग पु¥याउन सक्रियरुपमा लागिपर्दै आएको छ । यस अघि हिमालयले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा सीधै रु. १ करोड सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्यसंस्थाहरु, जस्तै आम्दा हस्पिटल (दमक), प्रदेश ५ स्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल आदिलाई पि.सि.आर परीक्षण गर्ने मेसिनहरु, पोर्टेवल भेन्टिलेटरहरु, इन्फ्रारेड थर्मामिटरहरु र ती हस्पिटलका अग्रभागमा रही कार्यगर्ने स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पि.पि.ई. सेटहरु (सर्जिकल मास्क, सुरक्षात्मक वुट्स्, फेस शिल्डस्, डिस्पोजेवल ग्लोभ्स्, स्यानिटाइजर आदि सहित) सहयोग स्वरुप प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा