एमाले स्थायी समिति बैठक बस्दै : यस्ता छन एजेन्डा

काठमाडौँ, १८ जेठ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, सोमप्रसाद पाण्डे, र नारायण खतिवडा, कृष्णलाल महर्जन, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी र दिपकप्रकाश भट्ट रहनुभएको छ । यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ ।

यस्तै पार्टी निर्णय उल्लंघन गी माओवादीको सरकारलाई समर्थन गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १० जना सांसदमाथि कारबाहीको सिफारिस अगाडि बढाएको छ । सोमबार मात्र ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादी नेतृत्वको सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।

त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको छ । यसअघि एमाले संसदीय दलका नेता प्रकाश शाह, निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासनका लागि केन्द्रमा सिफारिस गरिएको छ । उनीहरुमाथि पनि कारबाही गर्ने नगर्नेबारे आज बस्ने बैठकले निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती