राष्ट्रपति भण्डारीको कदमलाई नेता भट्टराईद्वारा स्वागत

काठमाडौँ, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप ल्याउन देखाएको सक्रियतालाई एमाले नेता योगेश भट्टराईले सकारात्मक कदमको रुपमा लिनुभएकोछ ।

राष्ट्रपति भण्डारीले अमेरिका, चीन, भारत, बंगलादेश, रुसलगायतका सरकारलाई पत्र लेख्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । जसको परिणाम स्वरुप चीन सरकारले १० लाख डोज खोप उलब्ध गराएको छ । आज सो खोप नेपाल आइपुग्ने भएको छ ।

नेता भट्टराईले ट्वीटरमार्फत राष्ट्रपतिको कदमलाई अन्यथा मान्न नहुने बताउनुभयो । सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नुन नहुने उहाँको तर्क छ ।

उहाँले भन्नुभएको छ, ‘राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती