नागार्जुनको रानीवनमा अत्याधुनिक सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा

काठमाडौँ, १७ जेठ । नागार्जुन नगरपालिका वडा नं. १ रानीवन स्थित सहरी विकास मन्त्रालयको भवनमा २७० बेड क्षमता भएको आइसोलेशन सञ्चालनमा ल्याइएको छ ।

सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यापालिका सदस्यहरु, विभिन्न वडाका प्रतिनिधि लगायतको उपस्थितमा २७० बेड क्षमता भएको आइसोलेशनमा नगरपालिकाले अवश्यक स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छ ।

नगरपालिकाले आफ्नो लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा बाँकी बेडको व्यवस्थापनमा गर्ने गरी आइसोलेशन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सोमबार नगरपालिकाले कार्पेट, तकिया, तन्ना, ब्याङ्केट, चप्पल, बिरामीले लगाउने गाउन, थर्मश, टावेल, मञ्जन, नुहाउने साबुन, पलोमिटर ५०/५० थान र पल्सअक्सिमिटर दश थान नगर प्रमुख मोहनबाहदुर बस्नेत र नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आइसोलेशन सेन्टरलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख बस्नेतले घरमा बस्दा स्वास्थ्य समस्या भएका व्यक्तिलाई आइसोलशेन राख्न आइसोलेशन सेन्टर निर्माण गरिएकाले आइसोलेनमा आएर सेवा लिन आग्रह गर्नुभयो । उहाँले नगर क्षेत्रका मात्र नभएर जहाँका पनि कोरोना सङ्क्रमितले आइसोलेशनमा आएर सेवा लिन सक्ने भएकाले मानविय सेवाका लागि बनाएको आइसोलेशनमा सबैलाई खुल्ला गरिएको बताउनुभयो । नगर प्रमुख बस्नेतले भन्नुभयो “ दुःखको समयमा सबै नेपालीले एक आपसलाई सहयोग गरी कोरोनालाई परास्त गर्न सकिन्छ, यस्तो मानविय कार्यमा सबैले मिलेर सयहोग गरौं ।”

नगरपालिका उपप्रमुख सुशीला अधिकारीले नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोग जारी रहने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सबैको साथ र सहयोगमा कोभिडका बिमारी बस्न सुविधा सम्पन्न आइसोलेशन सञ्चालन गर्न सफल भएकोमा बताउनुभयो । नगरपालिकाले गरेको कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि यस्तै मानविय कार्य गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । १०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै उहाँले कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन तयार रहेको समेत जानकारी दिनुभयो । उक्त आइसोलेशनमा बिमारीको लागि गुणस्तरीय स्वास्थ्य सेवा सहितको सुविधा उपलब्ध गराइएको उहँले स्पष्ट गर्नुभयो ।

नागार्जुन नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामचन्द्र लामाले दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २७० बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरेको बताउनुभयो । आगामी दिनमा वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन संघका अध्यक्ष, सर्वार्णिङ अस्प्तालका प्रतिनिधि, नगर कार्यपालिकाका सदस्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण