चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई लगाईने

काठमाडौँ, १७ जेठ । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।

भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिनुभयो । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ ।

पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ । करिब साढे १३ जना ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उहाँहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड