बजेट जममुखी छः नेता भट्टराई

काठमाडौँ, १६ जेठ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेट मुलत जनमुखी भएको बताउनुभएको छ ।

पार्टीको आन्तरिक विवादलाई मध्यविन्दुबाट मिलनको बाटो खोज्दै बस्नुभएका नेता भट्टराईले सरकारले अध्यक्षदेशबाट ल्याएको बजेट एमालेको निर्वाचनको समयमा गरिएको घोषणापत्रको सारमा रहेको संकेत गर्नुभयो । बजेट कार्यान्वयनमा चुनौति रहेता पनि वर्तमान समयको लागि बजेट उत्साहजनक तथा जनमुखी भएको बताउनुभयो । केही समय अघिसम्म माधव कुमार नेपाल समूह रहनुभएका नेता भट्टराई पछिल्लो समय कुनै पनि समूहमा नभई मध्यविन्दुमा बसेर आफ्नो गतिविधिहरु सञ्चालन गरिरहनुभएको छ ।

माधव समूह, कांग्रेस, माओवादी तथा जसपाको उपेन्द्र यादव पक्षले बजेटको विरोध गरिरहेको समयमा नेता भट्टराईले भने बजेटको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मुलतस् जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन् । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब