एमालेका केही बुढा पात र कुहिएका हाङ्गा झरेर पार्टी झन् बलियो भयोः नेता बस्नेत

काठमाडौँ, १६ जेठ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्रका केही बुढा पात र कुहिएका हाङ्गाहरु झरेर गएकाले पार्टी झनै एकिकृत, बलियो तथा मजवुद भएको बताउनुभएको छ ।

एमालेलाई पार्टी विभाजनको अवस्थामा पुर्याई मुलुकलाई तहस नहस बनाउने तथा लोकतान्त्रीक पद्धति, बहुदलीय व्यवस्थालाई नै समाप्त पार्न गरि पूर्वएमालेका नेता माधव कुमार नेपाल, झलनाध खनाल, डा. भिम रावललगातका केही नेताहरुलाई समयमा नै बुझन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

विगतमा पार्टीभित्रका बुढा पात तथा कुहिएका हांगाहरुलाई छिराल्ने प्रवृक्ति नभएका कारण एमालेमा अहिलेको अवस्था आएको उल्लेख गर्दै नेता बस्नेतले जनमत गुमेका माधवका केही नेताहरुले गर्दा पार्टी विभाजन भएको दावी गर्नुभयो । माधव समूहकै जनमत भएका नेताहरु ‘पार्टी विभाजन गरी घरको खाना नमिठो र छिमेकीको चाही मिठो’ भन्ने पक्षमा नभएको स्पष्ट पार्दै नेता बस्नेतले पार्टी विभाजन हुने नभई केही सानो टुक्रा चोइटिएर जाने बताउनुभयो ।

पार्टीका अध्यक्ष केपी ओलीको अद्भुत साहस र क्षमताका धनी नएर एमाले पहिले नै ध्वस्त भइसक्ने अवस्थाको स्मरण गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले माधव समूहका केही नेता नेपाली कम्युनिष्ट आन्दोलनका कलंकको रुपमा स्थापीत भएको र त्यसलाई जनताले गंभिर रुपमा मुल्याङ्कन गर्ने समेत बताउनुभयो ।

एमालेलाई पार्टी विभाजन गरी केही टुक्रा लिएर माओवादीसँग पार्टी एकता गर्नु स्वयम् मावध नेपाल तथा झलनाथ खनाल समूहको राजनीतिक भविष्य अन्धकार हुने दावी गर्दै उहाँले प्रचण्ड पार्टी एकता गर्ने नभई आफ्नो स्वार्थ पुरा भएपछि पार्टी तोड्ने र फोड्नेको नेतामात्र भएको स्पष्ट पार्नुभयो । प्रचण्डको योजनामा एमालेका माधव समूह लगेर पार्टी एकता गर्ने भनेको गोहीको आखाँको आशु जस्तो मात्र भएको उल्लेख गर्दै गोहीले आँशु बगाए पनि सिकार देख्यो भने खाइहाल्ने प्रवृक्ति रहेको दावी गर्नुभयो ।

प्रचण्डले भुँईको टिप्दा आफ्ने गोजिको खस्छ भन्ने याद नगरेको स्मरण गराउँदै नेता बस्नेतले प्रचण्डको समकालीन नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट, मणी थापालगायतका नेताहरुले माओवादीको ज्यादती सहन नसकेर एमालेमा आउनुभएको बताउनुभयो । अबका दिनमा हजारौं माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने नेता बस्नेतले दावी गर्नुभयो ।

उपेन्द्र समूहले बाहिर एक प्रकारको गतिविधि सञ्चालन गरिरहेता पनि भित्र भित्रै सत्ता समिकरणको लागि छलफल गर्न चाहिरहेको खुलासा गर्दै नेता बस्नेतले कांग्रेस र माओवादीभित्र समेत तिव्र विवाद रहेको बताउनुभयो । माओवादीका कृष्णबहादुर महरा, जनार्धन शर्मा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पुनः एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको खुलासा गर्दै नेता बस्नेतले माओवादी तथा कांग्रेसमा समेत ४० प्रतिशत पुर्याएर अर्को मोर्चा बनाउन सकिने अवस्था रहेको खुलासा गर्नुभयो ।

प्रधानमन्त्रीको आलोचना गर्ने कुनै आधार नभएपछि प्रधानमन्त्री ओलीलाई जोडी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत खुइल्याउने कार्य भइरहेकोमा आक्रोस जनाउँदै नेता बस्नेतले राष्ट्रपतिको आलोचना गरी कांग्रेस, माओवादी लगायतले लोकतन्त्रकै धज्जी उडाएको बताउनुभयो । लोकतन्त्रमा राष्ट्रपतिको भूमिका नै सरकारले गरेको गतिविधिहरुको स्वीकार गर्ने भएको जानकारी गराउँदै उहाँले विगतमा राष्ट्रपतिको भूमिकाको बारेमा समेत आलोचकलाई स्मरण गर्न सुझाव दिनुभयो ।

सरकार गठन तथा प्रतिनिधिसाभा विघटनको विषयमा लिएर प्रधानमन्त्री तथा राष्ट्रपतिको आलोचना गर्नुको कुनै अर्थ नरहेको बताउँदै उहाँले बैधानीक रुपमा कुनै पनि पार्टी विभाजन नभई माधव समूह तथा उपेन्द्र यादव समूहका केही निवार्तमान सांसदलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो समयका हर्कतहरु गैरलोकतान्त्रीक तथा गैरजिम्मेवारी भएको बताउनुभयो । एमालेसँग सम्बन्धविच्छेद नै नगरी देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसको टाङ्मुनी छिर्नु राजनीतिक प्रणालीकै कलंक भएको भन्दै उहाँले आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रधानमन्त्रीले बाटो खुल्ला गर्नेभएको अवस्थामा कांग्रेसले बहुदलीय व्यवस्थालाई आत्मसात् गरेको हो की हैन ? संसदइ िपद्धतिलाई आत्मसात् गरेको हो की हैन ? हो भने एमालेका २६ जना निर्वातमान सांसदहरुको साथ लिएर प्रधानमन्त्रीको लागि दावी गर्न मिल्छ कि मिल्दैन ?’

देउवा, प्रचण्ड, माधव, उपेन्द्रद्वारा देउवालाई प्रधानमन्त्रीको दावी पेश गर्ने क्रममा गंभिर फैजदारी अभियोग लाग्ने प्रकारको किर्ते गर्ने कार्य भएको भन्दै उहाँले देउवा, प्रचण्ड, माधव तथा उपेन्द्र कानुनी कारवाहीको भागेदारी भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी पार्टी परित्याग गरी एमालेमा आउनेको राम बहादुर थापा, टोपबहादुर रायमाझी, प्रभुशाहलगायतका नेतालाई कारवाही गरी शुन्य अवस्थामा पुर्याउने प्रचण्डले एमालेबाट सम्बन्ध विच्छेद नगरी पोइला गएका माधव समूहका २६ जनालाई हाम्रो हुन भन्न मिल्छ ? एमालेले चाँही चुप लागेर हातमा दही जमाएर बस्छ ? एमालेले कारवाही गरेको दिन २६ जनाको अवस्था शुन्य हुन्छ । जसमा समानुपाती सांसद ८ जना हुनुहुन्थ्यो । जसमा ८ जनालाई कारवाही गरेपछि तुरुन्तै अर्को व्यक्ति नियुक्त गर्छ । त्यसपछिको अवस्था कांग्रेस माओवादीको के हुन्छ ? भन्ने कल्पना गरेको छन् की छैनन् ? जसले गर्दा देउवाको बहुमतको दावी पानीको फाको झैं हुन्छ ।’

कांग्रेस माओवादीसहितको गठबन्धले संसद पुनःस्र्थापनाको लागि जाने सवै आफ्नो लाज छोप्न मात्र गएको बताउँदै उहाँले संसद पुनःस्र्थापना भएपनि केपी ओलीको नेतृत्वमा पुनः बहुमतको सरकार बन्ने स्पष्ट आधारहरु समेत प्रस्तुत गर्नुभयो । संसद पुनःस्र्थापना हुने सम्भावना नरहेता पनि कथम कदाचित भइहालेको खण्डमा पनि एमालेको तर्फबाट १०६ जनाभन्दा बढी तथा जनता समाजवादीबाट २०, नेमकिपा, राप्रपाले समेत वर्तमान प्रधानमन्त्री ओलीलाई नै समर्थन गरी बहुमतको सरकार बन्ने दावी गर्नुभयो । उक्त परिस्थितीमा एमाले र जसपाले कारवाही गरेपछि कांग्रेसको ६१, माओवादी ४८ र जनमोर्चा एक गरि गठबन्धनसँग ११० जनामात्र सांसदहरु हुने उहाँले बताउनुभयो ।

लोकतान्त्रीक मुलुकहरुमा सरकारको लोकप्रीयता मापन गर्ने माध्यम नै निर्वाचन भएको बताउँदै उहाँले मेडिकलको भाषामा भेन्टिलेटरमा पुगेको सदनलाई पुनः स्थापना गर्न खोज्नु गैर राजनीतिक चरित्र भएको बताउनुभयो । कांग्रेस जनताको बीचमा लोकप्रीय नभएकै कारण निर्वाचनमा जाने आँट नगरेको बताउँदै उहाँले केपी ओली जनताको बिचमा लोकप्रीय भएको सविस्तार बताउनुभयो । केपी ओलीको लोकप्रीयता देखेर कांग्रेस माओवादी आत्तिएको बताउँदै उहाँले कांग्रेस र माओवादीमा आन्तरिक विवादका कारण थिलथिलो भएको, संगठन संरचना समेत ध्वस्त भइसकेको बताउनुभयो ।

जनताको चाहना र आवश्यकता पुरा गर्न सक्नु नै बजेट कार्यान्वयनको महत्वपूर्ण पक्ष भएको बताउँदै नेता बस्नेतले बजेट नै ल्याउन नदिन विपक्षी गठबन्धनको नाममा अराजक गतिविधि गरे पनि सफल हुन नसकेको बताउनुभयो । बजेटको लोकप्रीयताले जनतालाई राहत दिने तथा सरकारमाथि लगाईएका आक्षेपहरु पूर्ण हट्ने दावी गर्दै उहाँले अधिल्लो दुई वर्ष अर्थन्त्रलाई ठिक ढंगमा अगाडी बढाउन खोज्ने प्रकारको आएको तर अहिलेको बजेट लोकप्रीय आएको बताउनुभयो ।

कोरोना संक्रमणको विषम परिस्थितीमा पनि अर्थतन्त्रका सुचकहरु जुन गतिमा घट्छ भन्ने आंकलन गरिएको थियो तर त्यो नभई निरासाजनक अवस्थामा नरहेको बताउँदै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले बजेटमा रेलमार्ग, सुरुङमार्ग, ठूला सडक, शहरीकरण, जेष्ठ नागरिकलाई दिईने भक्तावृद्धि, शैक्षिक प्रमाणपत्रको आधारमा सहुलियत दरको ऋणलगायतका असंख्य जनमूखी कार्यहरुले सरकारलाई अझ बढी लोकप्रीय हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती