वरिष्ठ अधिवक्ता थापाद्वारा प्रधानन्यायाधीश राणामाथि गैरजिम्मेवार अभिव्यक्ति

काठमाडौँ, १६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदामा बस्न भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको बहसका क्रममा अधिवक्ताहरूले न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र तेबजहादुर केसीलाई संवैधानिक इजलासमा राखेको विषयको विरोध गर्दै आएका छन् । आइतबार संवैधानिक इजलासमा बसहका क्रममा वरिष्ठ अधिवक्ता थापाले इजलासमा प्रश्न उठे न्यायाधीशहरू नबस्ने प्रचलन रहेको बताउनुभयो । उहाँले नेकपाको एकतालाई खारेज गर्ने मुद्दा हेर्नुभएका न्यायाधीश बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएकोमा प्रश्न उठाउनुभयो ।

‘अहिलेको परिस्थिति त्यही नेकपाका कारण भएको हो। रिट निवेदक माधवकुमार नेपाल र झलनाथ खनाल तथा विघटन गर्ने प्रधानमन्त्री एउटै पार्टीमा हुनुहुन्छ’, थापाले भन्नुभयो, ‘भारतमा पनि प्रश्न उठ्दा न्यायाधीश नबस्ने गरेको उदाहरण छ ।’ थापाले न्यायाधीशको विषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले यसअघि आफूले पनि प्रतिनिधि सभा विघटनको मुद्दा हेरेको विषय उठाउनुभयो । त्यस पश्चात राणाले ‘मेरोबारे तपाईंको धारणा के छ ?’ भनि प्रश्न गर्नुभएको थियो । जवाफमा थापाले भन्नुभयो, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ ।’

यसबाट के बुझ्न सकिन्छ भने वकिले भएकाले अदालतमै बसेर जे गर्न र बोल्न पनि पाइन्छ भन्ने नजिर बस्ने देखिन्छ । पैसाको लागि जे पनि गर्ने वरिष्ठ अभिवक्ता थापाले आफ्नो मर्यादालाई कुल्चिएर प्रधानन्यायाधिसलाई संवैधानिक इजलास गर्न छोडेर विदामा बस्न भन्ने कस्तो न्यायीक प्रणाली होला ? आम जनताको चासोको विषय बनेको छ । प्रधानन्यायाधिस नै विदामा वस्ने हो भने उक्त मुद्धालाई अन्तिम किनारा कसले लगाउने हो ? वरिष्ठ अभिवक्ता थापाले नै फैसला गर्ने हो ? यो आज जनताको प्रश्न बन्न पुगेको छ ।

प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार प्रस्तुत भएका दाबीअनुसार सरकार गठन अस्वीकार गरेको विषयमा सर्वोच्चको संवैधानिक इजलासमा अहिले पनि बहस जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब