बजेटमा समाजवादको आधार निर्माणको झल्कोः प्रमुख सचेतक ढकाल

बुटवल, १६ जेठ । नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आर्थिक वर्ष ०७८/७९ को प्रस्तुत बजेटमा समाजवादको आधार निर्माणको झल्को दिएको बताउनुभएको छ ।

नेपाली समाज कोरोना महामारीबाट पिल्सिरहेका बेला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रणनीतिक र दुरगामी महत्व बोकेको बजेट भाषण गरेको उहाँको भनाइ छ । बजेटमा कम्युनिस्ट पार्टीको सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको उहाँले जानकारी दिनुभयो । एमाले नेता ढकालले बजेटले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको बताउनुभयो । उहाँ अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गरेको बताउनुभयो ।

प्रमुख सचेतक ढकालले भन्नुभयो, ‘धन्यवाद जननेता तथा लोकप्रिय अर्थमन्त्री बिष्णुप्रसाद पौडेलज्यू, सिङ्गो नेपाली समुदाय कोरोना महामारीबाट पिल्सिरहेका बेला रणनीतिक र दुरगामी महत्व बोकेको तपाईंको बजेट भाषणले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको छ । साच्चिकै भन्ने हो भने आज प्रस्तुत आ.ब. ०७८/७९ को बजेटले कम्युनिस्ट पार्टीको एउटा सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको छ। सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गर्ने खालको बजेटका लागि पुनः धन्यवाद माननीय अर्थमन्त्री ज्यू ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक