तीनकुने–जडिबुटीमा सुरुङमार्ग बन्ने : बजेट व्यवस्थापन

काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँ उपत्यकाको सवारी चापलाई न्युनिकरण गर्न तीनकुनेदेखी जडिबुटी सुरुङमार्ग निर्माण हुने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को आर्थिक वर्षको बजेटमा उक्त सुरुङमार्ग निर्माण गर्न बजेटको शुनिशिचतता भएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त सुरुङमार्ग निर्माण गर्न एक अर्व ८० करोड बजेट व्यवस्थापन गरेको बताउनुभयो ।

त्यस्तै थानकोट-नागढुङ्गा सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन गरेको छ । निर्माणाधीन सुरुङ मार्गलाई आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरी सवारी चापको न्युनिकरणको साथ साथै दुरीलाई समेत घटाउने लक्षका साथ धेरै ठाउँहरुमा सुरुङ मार्गको प्रारम्भ गरिएको तथा आगामी वर्षमा समेत नयाँ नयाँ सुरुङ मार्गको निर्माण प्रारम्भ गरिने गरी बजेटको व्यवस्थापन गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३