भक्तपुरमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

काठमाडौँ, १५ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ ।

आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो । अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गरिने भएको छ ।

दक्ष जनशक्तिको माध्यमबाट अस्पताल सञ्चालन हुने भएको छ । अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको माध्यमबाट सञ्चालन हुने समेत भएको छ । उक्त असपतालमा पुग्न यातायातको सहजिकरणको लागि अस्पतालसम्म जाने जडिबुटी मनोहरामा चार चार लेनको करिडोर निर्माण गर्ने गरिने मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा