गणतन्त्र दिवसकै दिन गगन थापालाई ‘रामधुलाई’

काठमाडौँ, १५ जेठ । नेपाली कांग्रेसका नेता तथा निवर्तमान प्रतिनिधिसभाका सांसद गगन कुमार थापालाई नेपालको १४औं गणतन्त्र दिवसकै दिन सामाजिक सञ्जालमा नेपाली जनताले कडा रुपमा आलोचना गर्दै कमेन्टमा ‘रामधुलाई’ दिएका छन् । रामधुलाईको मत्लव कुनै भौतिक आक्रमण नभई सामाजिक सञ्जालमा जनताद्वारा व्यक्त गरिएका विचारका आक्रोसहरु रहेका छन् ।

आफ्नो मर्यादालाई भुलेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिने गरेको भन्दै नेता थापामाथि जनताले आक्रोस पोखेका छन् । कोरोनाको कहरले जनतामा अत्याधिक त्रासको वातावरण भइरहेको समयमा सत्ता स्वार्थ तथा कुर्सीको लागि कांग्रेसले मरिहत्ते गरेको भन्दै आक्रोस जनाएका छन् ।
नेता थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आज गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्नुभएकोमा आफ्नै कार्यकर्ता तथा जनाताले आक्रोस जनाएका हुन् ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ।ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो । गणतन्त्र दिवसको हार्दिक शुभकामना !’

सोही स्ट्याटसको कमेन्टमा अधिकांश नकारात्मक मात्र रहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने नेता थापाको गतिविधिप्रति नेपाली जनता खुसी छैनन् । गणतन्त्रको शुभकामनामा समेत जनताले आक्रोस पोख्नु उहाँको लागि शुभ संकेत भने हैन । उहाँका स्ट्याटसमा आएका कमेन्टहरुमा उहाँले विगतमा गर्नुभएका भ्रष्टाचार, विकृति तथा विसंगतिहरुको समेत भण्डाफोर गरिएको छ । विगतमा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध तँ–तँ को भाषा प्रयोग गरेपछि पूर्वमन्त्री थापाले आफ्नै क्षेत्रको मतदाता र सामाजिक सञ्जालमा सक्रिय सामाजिक कार्यकर्ताहरुबाट रामधुलाई भेटनु भएको थियो ।

आजको कमेन्टहरु

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती