लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्रीसहित आठ सांसद मतदानबाट वञ्चित

File Photo

काठमाडौँ, १५ जेठ । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।

निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन । यसैगरी, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो । पाण्डे भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उमेदवार हुन् । उनी एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उम्मेदवारको बनाएको हो । अन्तिम मतदाता नामावलीअनुसार प्रदेशसभामा ७९ सदस्य छन् । जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका दुई र राजमोका एक सांसद छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड