निषेधाज्ञामा पेट्रोलियम पदार्थ ढुवानी तथा विक्रि वितरणमा सहजीकरण गरिदिन आग्रह (पत्रसहित)

काठमाडौँ, १४ जेठ । उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयलाई पत्र लेख्दै सहजीकरण गरिदिन आग्रह गरेको छ ।

कोरोना संक्रमण (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थको ढुवानी तथा विक्रि वितरणमा कुनै पनि समस्या नहुने बताईएको थियो । तर आज काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थका सवारी साधन तथा कर्मचारीलाई प्रहरी प्रशासनले आवत जावतमा रोक लगाएपछि उद्योग मन्त्रालयले गृहमन्त्रालयलाई सहजीकरणको लागि पत्रचार गरेको हो । पत्रालयद्वारा सहजीकरणको पत्र पठाएसँगै पेट्रोलियम पदार्थका सवारी साधन तथा कर्मचारीलाई अब कुनै रोकावट नहुने अपेक्षा गरिएको छ ।आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा २० गतेसम्म थप गरिएको छ ।

उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालयले सहजता गरिदिन आग्रह गरिएको पत्र,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा