एमालेद्वारा प्रदेशका तीन सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा

काठमाडौँ, १४ जेठ । नेकपा एमालेले सुदूरपश्चिमका संसदीय दलका नेतासहित तीन जनालाई कारबाही गरेको छ ।

संसदीय दलका नेता प्रकाशबहादुर शाह, माया भट्ट, कृष्ण सुवेदीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । सरकारका मन्त्री रहेको भट्ट र सुवेदीले आजै राजीनामा दिनुभएको थियो ।

केन्द्रको निर्णय उलंघन गरेको भन्दै उउहाँहरू तीन जनालाई प्रदेश कमिटीले बिहीबार स्पष्टीकरण सोधेको थियो । गत सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर, बुधबार बसेको संसदीय दलको बैठकले सरकारको समर्थन निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती