मुख्यमन्त्री पोखरेलद्वारा रोल्पामा स्वास्थ्य सामाग्री: नेता पुनद्वारा सिलिण्डर विक्रि

रोल्पा, १४ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि तीनै तहका सरकारले विशेष भूमिका निर्वाह गरिरहेका छन् । मानव जीवनको रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । साथै अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट निर्माण, आइसीयुलगायतका क्षेत्रहरुमा व्यापक रुपमा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका रोल्पामा स्वास्थ्य सामग्री पठाएको छ । रोल्पामा कोरोना सङ्क्रमितको बिरामी बढ्दै जाँदा लुम्बिनी प्रदेश सरकारमार्फत् मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा रोल्पा जिल्लामा स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख पोखरेलका अनुसार ८ सय भिटिएम किट र ६ हजार एन्टिजिन टेस्ट किट आएको छ । प्रदेश सरकारले पठाएको स्वास्थ्य सामग्रीहरु जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसरी स्थानीय तहमा पठाउने उहाँले बताउनुभयो ।

सरकारले निशुल्क रुपमा अक्सिजन सिलिण्डरको व्यवस्था गरे पनि कतिपय नेताहरुले त्यसलाई व्यवसायको रुपमा रुपान्तरण गरेका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले आफ्नो जिल्लामा पठाइएका अक्सिजन सिलिण्डरहरुलाई विक्रि वितरण गरी व्यवसायको रुपमा रुपान्तरण गर्नुभएको छ । यसको चौतर्फि आलोचना भएपछि नेता पुनले आफुले कुनै व्यवसायको रुपमा प्रयोग नगरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । तर उहाँले बेचेको सुत प्रमाणहरु प्रशस्त रहेका छन् । त्यती मात्र नभई नेता पुनले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै पत्रकारलाई धम्की समेत दिनुभएको छ । नेता पुनका कार्यकर्ताले रोल्पा माओवादीको आधार इलाका रहेको उल्लेख गर्दै माओवादीकै अधिनमा रोल्पा चल्ने धम्की समेत दिने गरेका छन् । माओवादीको विरोध गर्नेलाई भौतिक आक्रमण गर्ने समेत माओवादी कार्यकर्ताले धम्की दिन थालेका छन् ।

नेता पुन उर्जामन्त्रीबाट मुक्त भएको समयमा मन्त्री क्वाटर छोड्दा सरकारी कार्पेटहरु समेत आफ्नो निजी निवासमा लैजानुभएको थियो । त्यस्तै उर्जा मन्त्री हुुँदा करोडौंको घुस काण्डमा समेत उहाँ मुछिनुभएको समाचारहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत