संसद विघटनको मुद्दामा बहस गर्न टाइम कार्ड लागु

काठमाडौँ, १४ जेठ । संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागु गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोक्नुभएको हो । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन । संसद विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध पक्ष र विपक्षमा गरी जम्मा ३० वटा रिटहरु परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३