डाक्टर र नर्सहरुमाथि आक्रमण निन्दनीय कार्य : नेता खाण

काठमाडौँ, १४ जेठ । नेपाली काँग्रेसका नेता तथा निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउनुभएको छ ।

विहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण भएपछि नेता खाणले घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ । खाणले फ्रन्टलाइनमा खट्नुहुने स्वास्थ्यकर्मीको अभूतपूर्व योगदानलाई सम्मान व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘मुलुक अहिले कोभिड १९ का कारण आक्रान्त भैरहेको अवस्थामा यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्य सेवक, सुरक्षाकर्मीहरु ठूलो जोखिम लिएर अहोरात्र खट्नुभएको छ ।’

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

काठमाडौँ, ६ असार । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका