चीनद्वारा श्रीलङ्कालाई पाँच लाख डाेज खोप सहयोग

बेङजिङ, १४ जेठ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरुद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।

बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको

काठमाडौँ, ९ असार । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खाताको ब्याजदर बढाएर ८.०१ प्रतिशतसम्म पुर्‍याएको छ । असार १ गतेदेखि

काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, ८ असार । आज नेप्से परिसूचक ७९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३ मा कायम