नेता बस्नेतको पहलमा भक्तपुर अस्पताललाई १२ करोड बजेटः ४१ वटा अरु अस्पताललाई कति ?

भक्तपुर, १३ जेठ । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।

जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतको पहलमा भक्तपुर अस्पताललाई सवैभन्दा बढी रकम शुनिश्चित भएको छ । नेता बस्नेतको पहलमा संघिय सरकारले रु १२ करोड बजेट छुट्याएको छ । त्यस्तै बाग्मती प्रदेश सरकारले पनि यस अगाडी भक्तपुर अस्पताललाई अक्सिजन प्लान्ट बनाउन रु तीन करोड ८० लाख बजेट विनियोजन गरेको छ । यो सँगै भक्तपुरमा अबका दिनमा अक्सिजनको समस्या समाधान हुने भएको छ ।

नेता बस्नेतले नेपाल सरकारकामा अर्थ मन्त्री बिष्णु पौडेल, सचिब ,शिसिर ढुङाना, उप सचिब केशब उप्रेती र स्वास्थ्य मन्त्री हृदयस तृपाठी सचिब लक्षमण अर्याल, उप सचिव प्रकाश अधिकारी लगाएतको टिम तथा बागमती प्रदेशकै उत्कृष्ट भएको भक्तपुर अस्पताललाई १२ करोड बजेट बिनियोजन गरिदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।

त्यस्तै सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र रुपैयाँ सुनिश्चित गरिएको छ । पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुंगा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, सर्लाही अस्पताल, बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसिकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन/तीन करोड रुपैयाँको सहमति दिइएको छ ।

आईसीयू, भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ । गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोसी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खेत प्रदेश अस्पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ ।

कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन/तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ । अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरि अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण