महेश बस्नेतको विरुद्धका असफल प्रयास ‘पानीको फोका झैं फुटाउँछौं’

बाबु छत्कुली

नेपाली जनता तथा समाजको लागि ‘रहर लाग्दो, भर लाग्दो तथा आवश्यकता अनुसार डर लाग्दो’ संगठनको रुपमा स्थापीत भएको संगठन हो, राष्ट्रिय युवा संघ नेपाल । जब जब देशमा संकट आउँछ, तब त्यसको नेतृत्व युवा संघले गर्ने गरेको छ । जहाँ समस्या त्यहाँ युवा संघको अर्को पहिचान हो । पीडामा दुखेको घाउमा मलम लगाउन आफ्नो ज्यानलाई बाजी मारेर दृढताका साथ अगाडी बढ्ने संगठन हो, युवा संघ । आफ्नो स्थापना कालदेखी मुलुकमा विभिन्न प्रकारका राजनीतिक तथा अन्य परिवर्तनको लागि सडक बाघको रुपमा रहेको युवा संघले आफ्नो नेतृत्वलाई खुइल्याउने गतिविधि तत्काल रोक्नु पर्छ ।

परिवर्तनको संबाहक बनेको संघले आफ्नै पार्टीभित्रका केही स्वार्थी कार्यकर्ताले गर्दा नेतृत्वलाई मात्र समस्या नभई पार्टीको आगामी यात्रामा समेत ठेस लाग्न सक्ने छ । त्यसैले अरुलाई डोमिनेट गर्ने बहानामा राजनीतिक भविष्य बोकेका नेतालाई खुइल्याउने गतिविधि तत्काल बन्द गर्नुपर्ने तड्कारो आवश्यकता रहेको छ । ‘जता मल्खु, उता ढल्कु’ हुने स्वार्थी व्यक्तिलाई चिन्न जरुरी रहेको छ । यस्तै आफ्नो स्वार्थ पुरा गर्न छेपारोले रंग फेरे झैं पार्टी परित्याग गर्दै एमाले हुँ भन्ने केही अराजक तत्वहरुले एमालेको विगत, वर्तमान र भविष्य बोकेका नेतृत्वलाई डोमिनेट गर्न खोज्नु पार्टीको लागि समस्या हो । समस्याको जडलाई पार्टी नेतृत्वले पखाल्दै लानुपर्छ, सुद्धिकरण गर्नुपर्छ, पार्टीका कुसस्कार बोकेको पिलो निचोरेर फाल्नुपर्छ ।

यस्तै पार्टीभित्रका अराजक, राजनीतिक रुपमा स्खलित र स्वार्थी केही कार्यकर्ताको नजरमा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेत समेत पर्नुभएको छ । आम नेपाली युवाहरुको ढुकढुकी तथा युवाहरुको परिवर्तनका मेरुदण्डका रुपमा रहनुभएका नेता महेश बस्नेतको राजनीतिक रुपमा कालो बादल लगाउने दिवा सपनाले सार्थकता नपाउने निश्चित छ । मिसन, भिजन र व्यवहारिकताका धनी युवा नेता महेश बस्नेतले आफ्नो जिल्लाको मात्र नभई मुलुकको नै नविनतम् मार्गनिर्देश गरिसक्नुभएको छ । जसले गर्दा मुलुक भरका युवाहरु महेश बस्नेतको निम्ती ज्यान दिन तयार भएका छन्, जुन मुलुकलाई अग्रगामी परिवर्तन तथा रुपान्तरणको मिसन र भिजन देखेर नै हो ।

कही दिन अघि एक अनलाईन न्युज पोर्टलले ‘प्रधानमन्त्रीले महेश बस्नेतलाई कसरी तिर्लान गुन ?’ भन्ने शिर्षकमा समाचार प्रकाशित गर्यो । जसलाई महेश बस्नेतको विरुद्धमा निर्मल भट्टराईले नकारात्मक रुपमा व्यङ्ज्ञात्मक रुपमा लेखेको यस्तो थियो,

राजनीतिक रुपमा मौसम अनुसार बसाई सरि राख्ने एमालेका कार्यकर्ता भनाउँदा महेश बस्नेत तथा आम युवाहरुका विरोधी निर्मल भट्टराईले नकरात्मक रुपमा विश्लेषण गरी महेश बस्नेतलाई मात्र हैन, आम नेपाली युवाहरुलाई शिर निहुर्याउने बनाउने प्रयास गरे । समयको प्रतिक्षामात्र हो । निर्मल भट्टराई लगायतका केही एमाले भित्रका छेपारोहरुलाई तह लगाउँदै युवाहरु अगाडी बढ्नेछन् । निर्मल भट्टराईको उक्त प्रयास हामी पानीको फोका झैं फुटाईदिने छौं । हेक्का रहोस्, महेश बस्नेत एक्लो व्यक्ति हैनन्, महेश बस्नेतको लागि हामी स्वदेश तथा विदेशमा रहेका लाखौं युवाहरु मैदान आउन तयार छौं । तिम्रा खुट्टि हामीले राम्रैसँग जानेका छौं, बुझेका छौं । यसको हिसाव किताव अवश्य नै हुने छ, युवाले गर्नेछन् ।

हाम्रो नेता महेश बस्नेतको लागि युवाहरु ज्यान दिन तयार छन् । आज पनि देशभरका लाखौं युवाहरु मैदानमा खुलेर प्रतिवाद गर्न तयार छौं । सामना गर्ने हिम्मत गरेर बस् । यो हाम्रो चुनौती हो, ‘कि सुध्रिने बाटोमा लाग कि सक्किने छौं ।’

राष्ट्रिय युवा संघ नेपाल
सचिव
: केन्द्रीय लेखा आयोग

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा