सडकमा गएर अपराध गर्नु हुन्नः सभापति देउवा

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर वर्तमान कोरोना संक्रमणको उच्च जोखिमको समयमा सडकमा गएर मानविय क्षती हुने प्रकारका कुनै पनि गर्नु नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताउँदै सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा भने नजाने स्पष्ट पार्नुभयो ।

‘अहिले कोरोनाका कारण सडकमा जान सकिएको छैन, यस्ता बेलामा झन् कोभिड फैलिन्छ, त्यो अपराध गर्नुहुन्न, हाम्रो पनि मानवीय दायित्व हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले मैले जनतामा नजाऔं भनेको छु ।’ देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गर्दै भन्नुभयो, ‘यदि विश्वास नलागे राष्ट्रपतिले मान्छे बोलाएर हो कि होइन भन्न सक्नुहुन्थ्यो ।’
राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग¥यो ग¥यो, राष्ट्रपतिले गर्न हुन्थेन । त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’

१४९ जना सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपतिले केही सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ असार । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय

ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड