सभापति देउवाद्वारा पूर्वप्रमुख मल्लको निधनमा दुःख व्यक्त

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ । कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुनुहुन्थ्यो । उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँले भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती