प्रदेश १ का विपक्षी दलद्वारा बजेट अधिवेशन गर्न माग

विराटनगर, १३ जेठ । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन्  ।  प्रदेश  संसद् सचिवालयमा  आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ । 

७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए ।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश  नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत